Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । पदाधिकारी बैठक आज (आइतबार) दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाएको हो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न हिजो शनिवार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

यो पनि पढनुस !!

माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।

आजको बैठकमा चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफल हुने प्रवक्ता महराले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.