Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत समाजवादीले प्रदेशमा कति पायो मत ?

काठमाडौँ, १५ मङ्सिर । यतिबेला नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउछ कि कटाउदैन भन्ने चासो सबैमा छ । केन्द्रमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन संघर्षरत एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी मत पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ ।

तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ ।

यो पनि पढनुस !!

निर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४ हजार ८३१ मत पाएको छ । यस्तै मधेसमा १ लाख १३ हजार ५५८, बागमतीमा ६३ हजार ५११, गण्डकीमा १४ हजार ७०३, लुम्बिनीमा ४२ हजार ६२१, कर्णालीमा ३५ हजार ८२६ र सुदूरपश्चिममा ४१ हजार ८३९ मत पाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.