Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

विश्वप्रकाश शर्माले भने : ‘गगनलाई प्रधानमन्त्री बनाउने अभियान सुरु भयो’

काठमाडौं, १४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन्। मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका उनले थापालाई प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए।

झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेका थिए। आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै उनले प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए।

यो पनि पढनुस !!

भेटपछि उनले भने, ‘अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो। त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई सुरु गर्नलाई पनि म आएको हो। अब हामी दुई, तीन दिन भित्रमा देशभरिका साथीहरू सबै आ-आफ्नो क्षेत्रमा मतदाताहरूलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौं उपस्थित हुन्छौं।’

महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने उनको भनाइ थियो। शर्माले भने, ‘सबै पाका नेताहरू जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ। लोकतन्त्रका लागि योगदान गर्नुभएको छ। उहाँहरू सबैलाई सम्मान गर्दै, उहाँहरू सबैको विश्वास लिएर, उहाँहरू सबैको समर्थन लिएर, उहाँहरू कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महसुस नगराईकन उहाँहरूले हाँकेर आएको देश र उहाँहरूले हाँकेर आएको काँग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौं।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.