काठमाडौँ, ८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभामा विजयी भएका छन्।
२०७४ मा पराजय भोगेका उनले यस पटका तनहुँ क्षेत्र नं. १ बाट ५३ सय ७५ मतको अन्तरसहित प्रतिनिधि सभाको टिकट काटेका हुन्।
उनले प्रतिनिधि सभामा विजयी हुने क्रममा २५ हजार ३१८ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमाले एकबहादुर रानामगर १९ हजार ९४३ मत ल्याएका छन् ।