चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएका हुन् ।
उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्।
छामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन्।