Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका नेता योगेश भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् ।

सुरुवाती देखिनै लगातार पछि परेका उनी फुङलिङ नगरपालिका क्षेत्रको मतगणना हुन थालेपछि अग्रता बनाउँदै अन्तिममा परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हु्न्।

यो पनि पढनुस !!

भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आप्नो पक्षमा पारे।

भट्टराईले दोस्रो कार्यकाल संसद यात्रा तय गर्ने क्रममा २१ हजार ९४३ मत ल्याउन सफल भए। उनीसँग पराजित माओवादीका बुढाक्षेत्रीले २१ हजार ७३५ ल्याउन सफल भए। उनीहरु दुईजनाबीच २०८ मतको फरक रह्यो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.