Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

निर्वाचन आयोगको निर्देशन : हाम्रो अनुमतिबिना मतदान स्थगन नगर्नू

काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले सामान्य विवादका कारण कुनै मतदान केन्द्रमा मतदान स्थगन गर्नुपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने जनाएको छ।

विभिन्न मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएका खबर आउन थालेपछि आयोगले आफ्नो अनुमतिबिना मतदान नरोक्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको हो।

यो पनि पढनुस !!

‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ’, आयोगले सूचनामा भनेको छ, ‘स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.