गोरखा, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट संसारले देख्ने गरी माओवादीले चुनाव जित्नुपर्ने बताएका छन्।
आज गोरखा-काठमाडौं सम्पर्क समितिले बनस्थलीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले गोरखाबाट संसारमा माओवादी देखिनुपर्ने बताए।
‘माओवादी स्वाट्ट देश र दुनियाँमा देखियोस् क्या गोरखाबाट,’ उनले भने, ‘गोरखाबाट संसारमा माओवादी देखियोस्। अरू ठाउँमा कति जित्छ तपाईंहरू चिन्ता नलिनुस् मैले लिएको छु। म सातै प्रदेशमा गएको छु। संसारलाई गोरखाबाट माओवादी देखाइदिने सङ्कल्प सबैले लिनुपर्यो।’
प्रचण्डले रेकर्डसहित गोरखाबाट चुनाव जित्नुपर्ने समेत बताए।