Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

गोरखा–१ : गठवन्धनको ५५ हजार, एमालेको १४ हजार मत

गोरखा, ९ कात्तिक । गोरखा क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई र एमालेका रामशरण बस्नेत बीचको चुनावी भिडन्त रोचक हुने अनुमान गरिएको छ । रोचक योमानेमा कि अघिल्लो निर्वाचनमा उनै बजगाई र बस्नेत गोरखा क्षेत्र-१ (ख) मा प्रतिस्पर्थी थिए । २०७४ सालको त्यो निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वार बस्नेतले बजगाईलाई पराजित गरेका थिए। २०७० को निर्वाचनमा उक्त प्रदेशमा ३१ हजार ५१ मत खसेको थियो। जसमा बस्नेतले १६ हजार छ सय ५६ र बजगाईले १३ हजार एक मतप्राप्त गरेका थिए।

प्रतिनिधिसभा सदस्यका गोरखा-१ मा अन्य उम्मेद्वार रहे पनि मुख्य भिडन्त बजगाई र बस्नेतविच हुने देखिन्छ। हुन त वाम-लोकतान्त्रि गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई कांग्रेस र माओवादीको मत जोड्दा निकै आगाडी देखिन्छन्। गण्डकी प्रदेशको पूर्वमन्त्रि समेत रहेका रामशरण बस्नेतलाई पनि राप्रपाको समर्थन रहेको छ।

व्यतिगत रुपमा बजगाई भन्दा बस्नेत जनतामा परिचित मानिन्छन। तर सांगठानिक मतको अवस्था हेर्दा बजगाई बस्नेतभन्दा निकै अगाडी रहेका छन्। त्यस्तो त गोरखा-१ मा मुख्य शक्ति भनेकै नेपाली काँग्रेस र माओवादी केन्द्र हुन्।

गोरखा-१ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो शक्तिका रुपमा रहेका छन्। यो आधार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतपरिणाम हो।

यो पनि पढनुस !!

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा २७ हजार ८४ पाउदा दोस्रोमा माओवादी केन्द्रको २५ हजार ४७२ मत प्राप्त गरेको छ । दुई दलको मतपरिणामसहित नेपाल समाजवादी पार्टी र नेकपा समाजवादीको मत जोड्दा ५५ हजार भन्दा बढी मत गठबन्धनको पक्षमा देखिन्छ । यता सो क्षेत्रमा एमालेको मत १४ हजार ५ सय ६६ रहेको छ ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा बजगाई, बस्नेतभन्दा ४० हजार भन्दा बढी मतले अघि छन् । यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्क देखिन्छन् ।

गोरखा-१ मा कुल मतदाता १ लाख १५ हजार ३ सय ९७ रहेको निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ । यस क्षेत्रबाट प्रदेश (क) मा गठबन्धनल माओवादी केन्द्रका तर्फबाट कृष्ण धिताल र प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट नन्द प्रसाद न्याैपानेलाई उम्मेदवार बनाएकाे छ । त्यस्तै एमालेले प्रदेश (क) मा सुरेन्द्र थापा र प्रदेश (ख)मा माेहन भट्टराईलाई रहेका छन् ।

यस क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले चुनाव जित्ने पक्कापक्की भएको गठबन्धनका जिल्ला नेताहरु बताउछन्। संगठन कमजोर रहेपनि जनमत र लोकप्रीय मतमा आफुहरु अगाडी रहेको एमालेको दावी छ। बस्नेतले मन्त्रीहुँदा गरेको कामको आधारमा समेत जनताले मत दिनेमा एमाले ढुक्क रहेको जिल्ला नेताहरु बताउँछन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.