Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

‘प्रचण्ड गोरखामा चुनाव लड्न जानुमा ३ कारण छन्’

काठमाडौँ, २ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा २ बाट सबैभन्दा बढी मतान्तरले चुनाव जिताइने बताएका छन्। माओवादीले आज काठमाडौंमा गरेको प्रशिक्षणमा बोल्दै उनले प्रचण्ड गोरखा २ मा चुनाव लड्न जानुमा ३ कारण रहेको समेत बताए।

चितवनमा हार्ने भएर प्रचण्‍ड गोरखा भएको भन्ने गलत प्रचार भएको पनि उनले बताए । ‘उहाँको विजय सुनिश्चित छ। तर कति मतले भन्ने मात्र बाँकी छ। सबैभन्दा बढी मतान्तरले जित्ने गरी विजयी गराउन चाहन्छौं,’ उनले भने।

प्रचण्डले दोहोर्‍याएर अहिलेसम्म कुनै पनि क्षेत्रमा चुनाव नलडेको पनि उनले बताए। ‘हारको जोखिमका कारण चितवन छाडेर गोरखा गएको भन्नेलाई प्रश्न गर्नुहोला, प्रचण्ड एकै निर्वाचन क्षेत्रमा लड्नुभएको छ ?,’ उनले भने, ‘समाजवादी मोडलको सुरूवात गर्न र नमूना थलो बनाउन प्रचण्ड गोरखा जानुभएको हो।’

प्रचण्डले चुनाव लड्न गोरखा नै छान्नुमा ३ कारण रहेको उनले बताए । ‘उहाँले युवा अवस्थामा गोरखाकै स्कुलमा पढाउनुभयो। पार्टी निर्माणमा काम गर्नुभयो,’ उनले भने, ‘जनयुद्धको फौजी तालीम पनि त्यही गरियो।’

उनले जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेल र सहिद सुरेश वाग्ले वासुका ठाउँमा चुनाव लड्न प्रचण्ड गएको पनि बताए। ‘सहिद र बेपत्ताको भावना सम्बोधन अध्यक्षले गर्नैपर्ने भयो। उहाँ गोरखा नगएको भए अन्याय हुन्थ्यो,’ उनले भने।

पृथ्वीनारायण शाहले एकीकरण थालनी गरेको गोरखाबाट सामाजिक न्याय सहित समृद्धि र त्यसको मोडल थालनी गर्न पनि प्रचण्ड चुनाव लड्न गोरखा गएको उनको भनाइ थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.