काठमाडौँ, ३ असोज । सोमबार साँझ काठमाडौंको गोठाटारमा भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल अहमदको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
उनी गार्मेन्ट सञ्चालक रहेको बताइएको छ । शंकरापुरमा उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । प्रहरीले चार राउन्ड गोली चलेको अनुमान गरेको छ ।
यो पनि पढनुस !!
घटनापछि अहिले काठमाडौँको नाकमा कडा चेकजाच गरिरहेको छ।