नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ । पछिल्लो पटक थप ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।
एक हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र एक हजार ३ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ गरी ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको जनाएको छ । पछिल्लो पटक ४८ जना संक्रमणमुक्त भएका छन् । थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको ११ हजार ९ सय ५४ पुगेको छ ।