Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८१, मंगलवार

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौँ, ६ चैत । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउन लागिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यो पनि पढनुस !!

यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ। आज छुटेकालाई भोलि खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.