Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालको लागि विजयी

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् ।

महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहाल भारी मतका साथ मेयर पदमा विजयी सुनिश्चित भएकी हुन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाएकी छन् भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ । अब बाँकी गन्न सबै मत विजय सुवेदीले पाएपनि रेनुले जित्ने निश्चित भइसकेको हो ।

यो पनि पढनुस !!

अघिल्लो चुनावमा पनि रेनुसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएकी थिइन् ।भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

यसैगरी उपमेयरमा पनि काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी सुनिश्चित भएको छ । भरतपुरमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका हुन् ।

भरतपुरमा सत्ता गठबन्धन एकातिर र एमाले र राप्रपाबीचको गठबन्धन अर्कोतिर थियो । निर्वाचन अधिकृतको कार्यालयले मतगणना सकिएपछि विजेताको औपचारिक रुपमा घोषणा गर्नेछ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.