Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

तारकेश्वरमा एमाले तथा काँग्रेसका नेता कार्यकर्ता माओवादीमा प्रवेश

नेकपा एमाले तथा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार काठमाडौँको तारकेश्वर नगरपालिमा तारकेश्वर नगर कमिटीद्धारा नयाँ वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वडा नं ११ को वडा कार्यलय उद्धघाटनको अवसरमा आयोजित कार्यक्रममा एमाले र काँग्रेसबाट नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

यो पनि पढनुस !!

नव प्रवेशीहरुलाई माओवादीका चुनावी कमाण्ड इन्चार्ज हिमाल शर्माले स्वागत गरेका थिए । आज माओवादी पार्टी प्रवेश गर्नेहरुमा अमृतमान महर्जन, सन्दिप महर्जन, हरि शरण अधिकारी, सलिना आचार्य, सुनिल क्षेत्री, कुमार न्युधिन थिंग रहेका छन् ।

उक्त कार्यक्रममा माओवादी पार्टीका केन्द्रीय सदस्य पुष्प विक्रम मल्ल(सिंह), आर बी फुँयाल, केन्द्रीय सल्लाहकार सदस्य धनलाल महर्जन, प्रदेश कमिटी सदस्य नवराज ढकाल, सानुभाइ मालबुल, पार्वती थापा, बिना राना, केन्द्रीय बिभाग सचिवालय सदस्य गिता पनेरू, नगर अध्यक्ष राम कुमार थापा, कोषाध्यक्ष बाल कुमारी वाग्ले, प्रदेश कमिटी सल्लाहकार सदस्य पशुपति मैनाली, वडा कमिटीका सदस्यहरु तथा सम्पूर्ण नगरवासीको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.