Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८१, शुक्रबार

वडा भवन बनाउन जग्गादान

झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गर्नुभएको छ

झापाको झापा गाउँपालिका–७ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर थापा मगरले करिब रु ५० लाख मूल्यपर्ने ६ कठ्ठा जग्गा दान गर्नुभएको छ । वडा कार्यालय भवन बनाउन जग्गा अभाव भइरहेको बेला आफ्नो परिवारका तर्फ वडालाई जग्गा उपलब्ध गराएको दाता मगरले जानकारी दिनुभयो ।

भवन नहुँदा वडा कार्यालय भाडाका घरमा लामोसमयदेखि सञ्चालन हुँदै आएको थियो । यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण सुरु गरिएको वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.