Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

भारतमा एक दिनमा दुई लाख ६८ हजार नयाँ सङ्क्रमित, थप ४०२ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ सङ्क्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

त्यसैगरी कुल सङ्क्रमितमध्ये छ हजार ४१ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.