Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी

तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघीपर्व मनाएका छन्

तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघीपर्व मनाएका छन् ।

थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघीपर्व मनाउने परम्परा बसालेका छन् । स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनुअघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ ।

यो पनि पढनुस !!

परापूर्वकालदेखि थारू समुदायले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएका छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । यसैले आजका दिन नयाँ नेतृत्व चयन गर्ने परम्परा बसालिएको हो ।

माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समानरूपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.