Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ ।

३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल एकीकरणका नायकप्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गर्नुभएको हो ।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो ।

यो पनि पढनुस !!

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो ।

विसं १७९९ चैत २५ गते राजा बन्नुभएका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गर्नुभएको थियो । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गर्नुभएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.