Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

नेकपा (एकीकृत समाजवादी)ः बैतडीका सबै पालिकामा कमिटी गठन

नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारीदिनुभयो । यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.