Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ

जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ ।

बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई प्रदेश नं १ को नै बृहत् क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालन भएको त्रियुगा नगरपालिकाले बताएको छ । मदन भण्डारीमार्गअन्तर्गत उदयपुरको गाईघाट भएर सञ्चालन हुने रात्रिसेवाका बस पार्किङ व्यवस्थापन र बस सञ्चालन गर्नेगरी बिहीबारदेखि बसपार्कबाट रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो ।

बसपार्क झण्डै १४ बिघा क्षेत्रफलमा फैलिएको छ भने आठ बिघा क्षेत्रफलमा बसपार्कको भौतिक संरचनासहित टिकट काउण्टर, चमेनागृहसहित अन्य भौतिक संरचना निर्माण भएका छन् । बसपार्कमा एकैपटक दर्जनौँ बस पार्किङ गर्न सक्ने क्षमता रहेको त्रियुगा नगरपालिकाले जनाएको छ । हाल यस बसपार्कबाट एक दर्जन रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

यस बसपार्कबाट सञ्चालन हुने रात्रिसेवाका बस राजधानी काडमाडौँ, बुटवल, भैरहवा, पोखरालगायत दूरीका बस पार्किङ र सञ्चालन गरिएको हो । यस्तै प्रदेश नं १ को पूर्वबाट मदन भण्डारीमार्ग हुँदै सञ्चालन हुने अन्य रात्रिसेवाका बस पनि बसपार्कमा पार्किङ गर्न सकिने गरी बसपार्क सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

जिल्ला सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा रहेको त्रियुगा बसपार्कबाट यसअघि सबै यातायातका साधन सञ्चालन हुँदै आएका भए पनि अब रात्रिसेवाका बस र अन्य ढुवानी सेवाका सवारी यस बसपार्कबाट पार्किङ गरेर सञ्चालन गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.