Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ

अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइते मध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.