Nepal Jana Khabar
हरेक जनताको खबर
१२ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्

जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो ।

जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा एक दिनमा सिञ्जा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जिल्लामा आउनुपर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । त्यो सबै क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । सिंजाको कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

हिमा र सिञ्जाले यसअघिदेखि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । राजस्वकर छुटसहित रु १० लाख ८१ हजारमा एम्बुलेन्स पालिकामा पुगेको कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिनुभयो । गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको बताउनुभयो ।

पालिकामा एम्बुलेन्स नहँुदा खलङ्गा एम्बुलेन्स मगाउनुपर्ने समस्या बिरामीले भोग्दै आएका थिए । यो वर्षदेखि त्यो समस्याबाट नागरिकले उन्मुक्ति पाएको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका सिञ्जा अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

सदरमुकामदेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा दिँदै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएका छन् ।

यो पनि पढनुस !!

सार्वजनिक सुुनुवाइ

हिमा गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गरी नागरिकका गुनासो सुन्ने र सल्लाह सुझावका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सार्वजनिक सुनुवाइबाट नागरिकका गुनासा, सल्लाह र सुझाव सङ्कलन हुने गर्दछ ।

सो कार्यक्रम सुशासनको मुख्य आधार हो । पालिकाले हरेक वर्ष नियमित रूपमा आफ्ना वार्षिक गतिविधि नागरिकमाझ सार्वजनिक गर्ने, गुनासो सुन्ने, समीक्षा गर्दै आएको छ । सो गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा भने विभिन्न आयोजनाका उपभोक्ता समितिसँग नागरिकले बढी गुनासो गरे । काम सम्पन्न नगर्ने, अधुरा योजना छाड्ने, योजनामा काम गर्ने मजदुरको ज्याला नदिनेलगायत गुनासा नागरिकले पालिकासमक्ष गरेका थियो । सुशासन र पारदर्शिता कायम गर्न हरेक वर्ष सार्वजनिक सुनुवाइ गरिरको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिनुभयो ।

नियमित सार्वजनिक सुनुवाइ गर्नु आर्थिक पारदर्शिताको सबल पक्ष रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । नागरिकका कानुनी व्यवस्था, नागरिकका अधिकार र सुशासन एवं पारदर्शिताका पक्षलाई बेवास्ता गर्दै जिल्लाका अधिकांश पालिकाले नियमित सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.