Nepal Jana Khabar
हरेक जनताको खबर
१२ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

प्रेस सेन्टर नेपाल काठमाडौँ जिल्ला अधिवेशन सम्पन्न

नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माले कार्यक्रममा बोल्नुहुँदै श्रमजीवि पत्रकारहरूले खोज पत्रकारिता गर्नुपर्ने र पत्रकारितामा प्रतिस्पर्धा हुनु पर्ने तर्क व्यक्त गर्नुभयो

प्रेस  सेन्टर नेपाल काठमाडौँ  जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल काठमाडौँ जिल्लाको अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान पुस्तकालय कक्षमा दिउँसो १ बजे प्रेस सेन्टर नेपालको संयोजक सागर पन्तको अध्यक्षता र नेपाल सरकारको अर्थमन्त्री प्रमुख आतिथ्यमा कार्यक्रमलाई अघि बढाएको थियो। अधिवेशनमा प्रमुख अथितिको रुपमा पाल्नुभएका नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माले कार्यक्रम शुभारम्भ गरेलगत्तै औपचारिक रुपमा महाधिवेशन कार्यक्रमलाई अघि बढाएको

यो पनि पढनुस !!

थियो। महाधिवेशनमा उपस्थित अथिति र प्रमुख अथितिहरूले कार्यक्रममा बोल्नुहुँदै प्रेस सेन्टर नेपाल काठमाडौँले नयाँ नेतृत्वले श्रमजीवि पत्रकारको हकहित संरक्षण गरी आवाजविहीनहरूको आवाज उठाउन अघि बढ्न प्रतिबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको प्रमुख अथितिको रूपमा उपस्थित हुनुभएका नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माले कार्यक्रममा बोल्नुहुँदै श्रमजीवि पत्रकारहरूले खोज पत्रकारिता गर्नुपर्ने र पत्रकारितामा प्रतिस्पर्धा हुनु पर्ने तर्क व्यक्त गर्नुभयो। सम्पादकीय स्वतन्त्रतामा पार्टीले कुनै पनि प्रकारको हस्तक्षेप गर्न नमिल्ने बताउँदै जनताको आवाजलाई सही रूपमा सम्प्रेषण गर्न सबैलाई आग्रह गर्नुहुदै प्रेस सेन्टर नेपाल काठमाडौँको अधिवेशनबाट नयाँ निर्वाचित नेतृत्वले श्रमजीवि पत्रकारहरुको हकहित र जनताको आवाज उठाउन अग्रसर भएर लागून् भने शुभकामना पनि दिनुभयो। कार्यक्रममा उपस्थित नेपाल सरकारका प्रमुख अथिति जर्नादन शर्माले लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान गर्दै आउनुभएका रामकुमारी रुवी श्रेष्ठलाई गोविन्द शर्मा स्मृति पुरस्कार सहित १०,००० नगद राशी पुरस्कार पनि प्रदान गर्नुभयो। यसैगरी प्रेस सेन्टर नेपालको आजको काठमाडौँ जिल्ला अधिवेशनले प्रेस सेन्टर नेपाल काठमाडौँ जिल्ला अधिवेशनले काठमाडौँ महानगरपालिका अनिल थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। त्यससँगै प्रेस सेन्टर नेपाल काठमाडौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरी २१ सदस्यीय समिति गठन गरेको छ। प्रेस सेन्टर नेपाल काठमाडौँको अध्यक्षमा गोकर्ण बराल, उपाध्यक्षमा बिक्रम रत्न र अंजित अधिकारी, महिला उपाध्यक्षमा मीना कुमारी यादव, सचिवमा रमेश लामिछाने, सह-सचिवमा बुद्ध योन्जन, यमन कोईराला, कोषाध्यक्षमा शोभा अर्याल, सदस्यहरुमा अनिशा निरौला,हिरा प्रसाद जैशी,मुना अर्याल,शारदा घिमिरे, सन्तोष राई,खेण्मा कटुवाल, ज्ञान बहादुर बिक, सूर्य बहादुर बिक, जीवन शर्मा,नीशा ढकाल,राजु थापा सर्वसम्मत रुपले प्रेस सेन्टर नेपाल काठमाडौँ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका छन् ।प्रेस सेन्टर नेपाल काठमाडौँ महाधिवेशनले काठमाडौँ जिल्ला अधिवेशनसँगै काठमाडौँ महानगरपालिकामा समेत नयाँ नेतृत्व चयन गरी सुनौलो ईतिहास रचेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.