देशभर विभिन्न राजनैतिक दलहरूको महाधिवेशन भईरहँदा नेकपा (माओवादी केन्द्र)ले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै नेकपा माओवादी केन्द्रलाई सशक्त रुपले अगाडि बढाउने कार्यमा अग्रसर भएको छ। नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकाले ११ वडास्तरीय अधिवेशन सम्पन्न गरेसँगै नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरी मंसिर १० गते तारकेश्वर नगरपालिकामा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले नगर सम्मेलन सम्पन्न गरेको छ। नेकपा (माओवादी केन्द्र) तारकेश्वरले नेपाल सरकारका भूमिसुधार मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यमा र नेकपा माओवादी नगर सम्मेलन आयोजक समितिका अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा यस कार्यक्रमको शुभारम्भ गरेको थियो। नगर सम्मेलनमा उत्साहजनक सहभागिता रहेको थियो।
नगर सम्मेलनको शुभारम्भ नेपाल सरकारका भूमिसुधार मन्त्री शशी श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभ एको थियो। यसको साथसाथै सहिद र राज्यबाट बेपत्ता पारिएका व्यक्तिको फोटोमा माल्यार्पण गर्दै भूमिसुधार मन्त्री शशी श्रेष्ठले बेपत्ता र सहिदको परिवारलाई सम्मान गर्नुभएलगतै अथितिहरूको आसन ग्रहण र महत्वपूर्ण मन्तव्यसँगै कार्यक्रमलाई अघि बढाएको थियो।नगर सम्मेलनमा प्रमुख अथिति र अथितिहरूले कार्यक्रममा बोल्दै नगर अधिवेशनले नेकपा माओवादी केन्द्रलाई अझ सशक्त रुपमा अघि बढाउने धारणा व्यक्त गर्नुभयो।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको नगर सम्मेलनमा नेकपा माओवादीका प्रभाब साली नेता केन्द्रीय सदस्य काठमाडौँ जिल्ला समन्वय समिती अध्यक्ष हिमाल शर्माले नेकपा (माओवादी केन्द्र)ले तारकेश्वर नगरपालिकाले तेस्रो सम्मेलन गरेको सम्मेलनमा उपस्थित सबैलाई जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रले ७५३ वटा स्थानहरूमा नगर र गाउँपालिकामा नगर अधिवेशन सम्पन्न गर्ने पनि सम्मेलनमा उपस्थित सबैलाई जानकारी गराउनुभयो। नेकपा माओवादी केन्द्रले सिंहदरबारको अधिकार गाउँ नगरमा ल्याएको बताउँदै नगर सम्मेलनबाट निर्वाचित प्रतिनिधिहरूले विगतका कमी कमजोरीहरूलाई समीक्षा गर्दै पार्टीलाई नयाँ कार्यदिशातर्फ मार्गनिर्देश गर्न अघि बढ्नुपर्ने तर्क समेत व्यक्त गर्नुभयो।
जनताको मौलिक हक हितको पक्षमा लागि माओवादीपन लिएर जनतामा जानुपर्ने तर्क व्यक्त गर्नुभयो। पार्टीको एजेण्डा समाप्त नभएको कारण निराश हुनु नपर्ने तर्क व्यक्त गर्नुहुदै सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो।

नेपाल सरकारका भूमिसुधार मन्त्री शशी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकाले आयोजना गरेको सम्मेलनमा बोल्नुहुँदै सहिदको त्याग र तपस्याको कारण मात्र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउनुभयो। नेकपा माओवादी जनताको सच्चा प्रतिनिधि हुनुपर्ने धारणा व्यक्त गर्नुहुदै निति अनुरुपको नेतृत्वले मात्र मुलुकको विकास हुनुपर्ने तर्क व्यक्त गर्नुहुदै वर्तमान परिप्रेक्ष्यमा निति अनुरुपको नेतृत्व नभएकोमा चिन्ता गर्नुभयो।
नेपाल सरकारको भूमिसुधार मन्त्री पदको कार्यभार जिम्मेवारीपूर्वक निर्वाह गरेको बताउनुहुँदै हामीले कुनै कुरा चाहृयौ भने कुनै पनि कुरा असम्भव छैन भन्ने विषय शब्दकोशमा नभेटिने बताउँदै सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो। नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सम्मेलनले उपलब्धी प्राप्त गरेको भन्दै नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगर सम्मेलन आयोजक समितिका अध्यक्ष रामकुमार थापाले महत्वपूर्ण मन्तव्यसँगै खुल्लासत्र सम्मेलन सम्पन्न भएको घोषणा गर्नुहुदै केही समय पछि दोस्रो चरणको सम्मेलन सम्पन्न गर्ने घोषणा गर्नुभयो। यसैगरी नेकपा (माओवादी केन्द्र)ले दोस्रो चरणको बन्दसत्र सम्मेलनले ६५ सदस्यीय समिति गठन गरेको छ। नेकपा (माओवादी केन्द्र) तारकेश्वर सम्मेलनले अध्यक्षमा रामकुमार थापा, उपाध्यक्षमा जगन्नाथ राजबाहक,भुवन अर्याल, उत्तम दाहाल, सचिवमा प्रकाश फुयाल, सह-सचिव मा राजन बिडारी, कोषाध्यक्षमा बालकुमारी वाग्लेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकाको नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरी भव्यरुपमा सम्मेलन सम्पन्न गरी सुनौलो ईतिहास रच्ने अवसर प्राप्त गरेको छ।