Nepal Jana Khabar
हरेक जनताको खबर
१२ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।
नाम नखुलाइकन एक प्रहरी अधिकारीले सिन्ह्वालाई मोगादिसुको KM4 जंक्शन नजिकै भएको विष्फोनटमा धेरै हताहत भएको बताएका छन्। प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।
त्यसैगरी प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.