Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

पाँच विद्यालयलाई पाण्डा बुक कर्नर हस्तान्तरण

चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ

चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ ।

राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले छनोट गरिएका विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ प्रदान गर्नुभयो । ‘पाण्डा बुक कर्नर’ अन्तर्गत शिक्षा, संस्कृति, भाषा, साहित्यलगायत विधाका पुस्तक दिइएको हो । यस वर्ष लमजुङको बालआर्दश उच्च मावि, काठमाडौँ ठमेलको सिद्धिगणेश उच्चमावि, काठमाडौँकै एलआरआई विद्यालयलगायतले ‘पाण्डा बुक कर्नर’ प्राप्त गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले चीन सरकारको यस प्रकारको सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जीवन्त रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पौडेलले २१औँ शताब्दीको चुनौती सामना गर्न शिक्षाका क्षेत्रमा चिनियाँ सहयोगको अपेक्षा गरेको जनाउँदै गुणस्तरीय र प्रभावकारी शिक्षामा चीनसँगको सहकार्यले रोजगार सिर्जना तथा विकास र समृद्धिमा योगदान गर्ने बताउनुभयो ।

यो पनि पढनुस !!

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीको शैक्षिक विकासमा चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनुभयो । राजदूत यान्छीले पाण्डा बुक कर्नर नेपालका विद्यार्थीको शैक्षिक विकासको लागि स्थापित एक महत्वपूर्ण सहकार्यको क्षेत्र रहेको बताउनुभयो । उहाँले आउँदा दिनमा विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा पनि सहकार्य र सहयोग बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चीन मैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले पाण्डा बुक कर्नरमार्फत नेपाल र चीनबीचको सांस्कृतिक र शैक्षिक सम्बन्ध जनस्तरमा थप विस्तार भएको धारणा राख्नुभयो । सो अवसरमा एलआरआई विद्यालयका प्रधानाध्यापक डा देवकान्त जोशी, बालआर्दश उच्च माविका प्रधानाध्यापक रामकृष्ण भण्डारीलगायतले धारणा राख्नुभएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.