Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन्

पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो ।

प्रदेश नं १ सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको मर्मत सुरु गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण राजवंशीले नहरका कर्मचारी, सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका सदस्य र स्थानीय सरकारसमेतको सहभागितामा मर्मत सुरु गरिएको बताउनुभयो ।

नहर बनेसँगै बाहुनडाँगी क्षेत्रका किसानले सिँचाइ सुविधा प्राप्त गर्नेछन् । पानी अभावमा सुक्न थालेको सुपारी मरिच, चिया खेतीलगायत अन्य नगदेबालीलाई समेत राहत पुग्ने भएको छ । सोही क्षेत्रको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने नहर इलामको रोङ गाउँपालिका–६ स्थित अम्बे डाँडाको फेदीबाट सुरु हुन्छ । पहाडको अकरिलो स्थान हुँदै मुहान थापेर ल्याइएको नहर सोही वडाको गाईमारा खोला र दुधे खोला छेउमा पहिराले क्षति पु¥याएको थियो ।

यो पनि पढनुस !!

उहाँले जिल्लाका अन्य नहरको तुलनामा अत्यन्तै अप्ठ्यारो स्थानबाट पानी ल्याइएको हुँदा प्रत्येक वर्षको बाढी पहिरोले क्षति पु¥याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको मुहान पहाडको फेदीमा छ, मुहानबाट उपभोक्ताको खेतबारीसम्म पानी ल्याउन भीरबाटै नहर खनिएको छ, अर्को विकल्प पनि छैन, यसको मर्मतमा मात्र बर्सेनि लाखौँ खर्च हुने गरेको छ ।” उहाँले अहिले फेरिएको नहरको माटो हटाउनसमेत समस्या भइरहेको बताउनुभयो । अप्ठ्यारो स्थान र माटोसमेत फ्याँक्ने ठाउँको अभावमा दुःखले काम गरिरहेको उहाँले सुनाउनुभयो । सिद्धिखोला सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीको विशेष पहलमा नहरको मर्मत सुरु गरिएको हो

नेपाल सरकारले सो नहर स्थापनामा रु ४४ करोड लगानी गरेको थियो । निर्माणको पाँच वर्षमा मात्र लाखौँ रकम मर्मतमै खर्च भइरहेको छ । यसअघि मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सभा सदस्य र सङ्घीय सांसदलाई समेत सो क्षेत्रको निरीक्षण गराई बजेटका लागि पहल गरिदिन समितिका अध्यक्ष तिवारीले पहल गर्नुभएको थियो । सिद्धिनहर बिग्रिएको र सिँचाइको वैकल्पिक व्यवस्थासमेत नहुँदा समस्यमा परेका स्थानीय किसानले एक महिनाभित्रमा पानी पाउने उहाँको भनाइ छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.