Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

एमाले अध्यक्ष ओली भोलि चितवन आउँदै

८ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आउने भएका छन्

८ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आउने भएका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।कार्यक्रम रहेको कडरियाले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.