Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुन महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभएको छ । महामन्त्री खड्काले सुर्खेत क्षेत्र नं १ बाट खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो ।

पूर्वगृहमन्त्री खड्काले गुर्भाकोट नगरपालिका सुर्खेत मेहलकुनास्थित सिटी हलमा पुगेर मतदान गर्नुभएको थियो । उहाँको क्षेत्रबाट करिब ९०० प्रतिनिधिले मतदान गर्दै छन् । मनोनित भएर जाने व्यवस्था भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर जाने ईच्छा व्यक्त गर्दै उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

निर्वाचन क्षेत्र नं २ का कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छैन । उहाँका अनुसार उम्मेदवारी नदिए पनि केन्द्रीय सदस्यका हिसाबले उहाँ महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित हुनुहुन्छ, । केन्द्रीय सदस्य थानी प्रतिनिधित्व गर्ने क्षेत्रबाट करिब एक हजार प्रतिनिधिले मतदान गर्दैछन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.