Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै

नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ

नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगीता आर्मी अफिसर्स क्लबका दुई कोर्ट र नेपाल लन टेलिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो । खुलातर्फ पुरुष सिङ्ग र डबल, महिला सिङ्ग र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङल तथा डबल प्रतियोगिता हुनेछन् ।

मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पु¥याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लन टेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुल्ला हुने छ । तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लबबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङगलतर्फ रु एक हजार ५०० सय र डब्बलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ ।

प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमश ः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्ने छन् । मेन्स र ओमन डबलतर्फ विजयी, रनर अप तथा सेकेन्ड रनरअफ हुनेलाई क्रमश ः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

यो पनि पढनुस !!

भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्लतर्फ विजयी, रनरअप र सेकेन्ड रनर अप हुनेले क्रमश ः रु ३० हजार, रु १५ हजार र १५ हजार प्राप्त गर्ने छन् । सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताउनुभयो ।

महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताउनुभयो । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५÷४९ प्रशिक्षक र पाँच छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हँुदैआए तापनि मुलुकका मुख्य–मुख्य सहरमा मात्रै सीमित रही आएको बताउनुभयो ।

हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ वीमन सिङगल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो । विश्वमा फुटबल र टेनिस नखेल्नेमुलुक नै नरहेको बताइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.