Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ

नेकपा एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.