नेकपा (माअेावादी केन्द्र )ले वडास्तरीय रुपमा महाअधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने कार्य धमाधम भइरहेको छ। वर्तमान परिपेक्ष्यलाई हेर्ने हो भने नेपालका विभिन्न राजनैतिक दल महाधिवेशनको संघारमा रहँदा नेकपा माओवादी केन्द्रले पनि नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले वडास्तरीय महाधिवेशन शुरु गरेको छ। यसैगरी नेकपा माओवादी तारकेश्वर नगरपालिका वडा नं १ ले वडास्तरीय महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको छ।
नेकपा (माअेावादी केन्द्र )का काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्मालाई प्रमुख अथितिको रुपमा कार्यक्रममा उपस्थित गराई राजन बिडारीको अध्यक्षतामा महाधिवेशनले नयाँ नेतृत्व चयन कार्यलाई महत्वकासाथ हेरिएको छ। नेकपा माओवादी तारकेश्वर नगरपालिकाले महत्वका साथ हेरिएको यस वडास्तरीय महाधिवेशनमा प्रमुख अथितिका रुपमा रहनुभएका नेकपा माओवादीका केन्द्रीय सदस्य काठमाडौँ जिल्लाका अध्यक्ष हिमाल शर्माले अबको महाधिवेशनबाट सर्वसम्वत रुपले निर्वाचित भएर आउनुभएका प्रतिनिधिहरुले पार्टीलाई नयाँ ढंगबाट सशक्त रूपले अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्दै सम्पूर्ण महाधिवेशनबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुलाई शुभकामना दिनुभयो। यसैगरी नेकपा माओवादी तारकेश्वर नगरपालिका महाधिवेशनको अध्यक्षको रुपमा रहनुभएका राजन विडारीले तारकेश्वर नगर भित्र रहेका सार्वजनिक जग्गाहरु हिनामिना भइरहेकोले सार्वजनिक जग्गा हिनामिना हुन नदिन समिति गठन गरेर लाग्नुपर्ने र देशमा व्यापक रूपमा भ्रष्टाचार भइरहेकोले निर्मूल गर्न पनि नेकपा-माओवादी पार्टी एकताबद्ध भएर लाग्नुपर्ने तर्क व्यक्त गर्नुभयो। यसैगरी तारकेश्वर नगरपालिका वडा नं १ ले आयोजना गरेको यस वडास्तरीय महाधिवेशले २१ सदस्यीय समिति गठन गरिएको छ। नेकपा माओवादी तारकेश्वर नगरपालिकाको अध्यक्षमा राजन बिडारी, उपाध्यक्ष सुवास गुरुङ, सचिव रबिन्द्र मान लामा, कोषाध्यक्ष देउती गुरुङ, सह-सचिव आईत बहादुर तामाङ, सदस्य देउता माया गुरुङ, रामप्रसाद ढकाल,बच्चु ढकाल, अमृत अधिकारी, कृष्णराज थपथलिया,दिपक तिमल्सिना, मिलन लामा, यमुना गुरुङ,छवन देवी घले सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो। आज नेकपा माओवादी तारकेश्वर वडा नं १ वडास्तरीय महाधिवेशनबाट प्रतिनिधि निर्वाचित गरी सुनौलो इतिहास रच्ने अवसर पाएको छ।