Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नेपाल–युरोपेली सङ्घ सम्बन्ध विस्तारमा जोड

नेपालले युरोपेली सङ्घसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको छ

नेपालले युरोपेली सङ्घसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा पारस्परिक सम्बन्ध विस्तारमा जोड दिनुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका साथै विकास सहयोग, व्यापार तथा नागरिक उड्डयनलगायत नेपाल–सङ्घ साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली सङ्घले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.