Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सुडानका प्रधानमन्त्री हामडोक सम्झौतापछि सरकारको नेतृत्वमा फिर्ता हुने

सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ

सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ । यस सम्झौतापछि सुडानका प्रधानमन्त्री हामडोक सरकारको नेतृत्वमा फिर्ता हुन लाग्नु भएको मध्यस्थकर्ताहरूले आइतबार जनाएका छन् ।

जनरल बुर्हान प्रधानमन्त्री हामडोक, राजनीतिक शक्तिहरु र नागरिक समाज संगठनहरुबीच हमडोकलाई आफ्नो पदमा फर्काउने र राजनीतिक बन्दीहरूको रिहाइका लागि राजनीतिक सहमति भएको वरिष्ठ सुडानी मध्यस्थकर्ता फदलाल्लाह बर्माले एएफपीलाई बताएका छन् । सुडानी मध्यस्थकर्ताहरूको समूहले पनि सम्झौताको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको समाचारमा जनाइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.