Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

नेकपा माअेावादी केन्द्र ले शनिवार छ हजार ७४३ वडामा सम्मेलन गर्दै

सम्मेलनको सम्पूर्ण तयारी पुरा भएक‍ो सो पार्टी का प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो

नेकपा ( माअेावादी केन्द्र ) ले शनिवार देशभर नै वडा सम्मेलन गर्ने भयको छ । वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएक‍ो सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । माअेावादीले पार्टी लाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्र्वास लिएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माअेावादीले त्यसका लागी नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौ भन्ने नारासमेत तय गरेको छ ।

माअेावादी वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ । निर्वाचन हुने अबस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोही अनुसारको भुमिका निर्वाह गर्न सबै पार्टी पङ्तिलाई आग्रह गरेको छ। वडा सम्मेलनका क्रममा जारी गरियको विज्ञप्तिमा भनियको छ। पार्टी को वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद भएर सर्वहारा वर्तप्रती निष्ठावान जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पाटी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ । माअेावादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११ , १२ , र १३ , गते काठमाडौमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

माअेावादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेत्तृत्व चयन गर्दा सकेसम्म सर्वसहमत गर्न र नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने गरि नीतिगत व्यवस्था गरिएको जानकारी दिनुभयो उँहाले भन्नुभयो सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं त्यसका लागि आवास्यक व्यवस्था गरियको छ। उँहाका अनुसार शनिवार देशभरका छ हजार ७४३ वडा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.