विभिन्न राजनैतिक दलको महाधिवेशन भईरहँदा नेकपा माओवादी केन्द्र पनि वडा देखि केन्द्रीय तहसम्म महाधिवेशन गर्ने र आफ्नो पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा अग्रसर भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशनका बिच नेकपा-माओवादी केन्द्रले पनि नयाँ नेतृत्व चयन गर्ने र पार्टीका हरेक कार्यलाई सशक्त रुपले अघि बढाउन नेकपा माओवादी केन्द्रले महाधिवेशन गरेको नेकपा-माओवादीका केन्द्रका शीर्ष नेताहरुको भनाई छ। अन्य राजनैतिक दलहरूले महाधिवेशन गर्दै गर्दा नेकपा माओवादी केन्द्रले महाधिवेशन गरि वडा महाधिवेशनको सुरूवाती चरणमा प्रवेश गरेको छ।
यसैगरी नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरूवाती चरणमा पुगेसँगै आज नेकपा माओवादी तारकेश्वर नगरपालिका वडा न ६
वडास्तरीय महाधिवेशन सम्पन्न गरेको छ ।आजको वडा स्तरीय महाधिवेशनमा कार्यक्रमको अध्यक्ष रुपमा गायक कुमार डंगोल र महाधिवेशन कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपा माओवादी काठमाडौँ जिल्लाका पार्टी अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्मा, तारकेश्वर नगरपालिका प्रमुख राम कुमार थापा,अनेमा संघका जिल्ला सचिव बिना राणा, काठमाडौँ जिल्ला समन्वयका सदस्य राजु तिमल्सिना,गीता पनेरु,दिपक अधिकारी को अथितिमा प्रारम्भ भएको यस महाधिवेशनले वडास्तरीय महाधिवेशनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै २१ सदस्यीय समिति गठन गरेको छ।
२१ सदस्यीय समिति गठन गरेको यस महाधिवेशन कार्यक्रमका प्रमुख अथिति हिमाल शर्माले कार्यक्रममा आफ्नो गहकिलो तर्क व्यक्त गर्नुहुदै तारकेश्वर नगरपालिकाको महाधिवेशनमा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुदै सम्पूर्ण अधिवेशनमा सहभागी हुनुभएका महानुभावहरु आफ्नै परिवारका सदस्य भएको बताउनुहुदै आभार प्रकट गर्नुहुदै वडास्तरीय महाधिवेशनको प्रदेश र केन्द्रीयस्तरको महाधिवेशनमा प्रथम टेवा पुग्ने बताउनुभयो। यसैगरी तारकेश्वर नगरपालिका वडा न ६ को अध्यक्ष कुमार थापाले वडास्तरिय अधिवेशनलाई छिटोभन्दा छिटो सम्पन्न गरी नगरस्तरीय अधिवेशनमा सरिक हुनुपर्ने तर्क व्यक्त गर्नुभयो। यसैगरी तारकेश्वर नगरपालिकाको वडास्तरीय महाधिवेशनले तारकेश्वर नगरपालिकाको अध्यक्षमा गायक कुमार डंगोल, उपाध्यक्ष राजेन्द्र अधिकारी,सचिब शंखर गौतम
कोषाध्यक्ष कोपिला तिमिल्सिना सह-सचिव रंन्जन राज मर्हजन, प्रमुख सल्लाहकारहरुमा राम डंगोल,श्याम कुमार महर्जन, बुद्धि ज्ञान बस्नेत लाई सर्वसम्मत निर्वाचित गरी नयाँ नेतृत्व चयन गरेको छ।