काठमाडौ / नेकपा माअोवादी केन्द्रको पार्टी सदस्यको संख्या ८ लाख भन्दा बढी पुगेको छ
हालै सम्पन्न सदस्यता वितरण तथा नवीकरणका क्रममा आठ लाख भन्दा
बढीले सदस्यता लिएको र बाँकी ९० हजार जना जतिले सदस्यता नवीकरण तथा नयाँ प्राप्त गर्न बाकी रहेको नेकपा माअोवादी केन्द्र का नेता नेकपा माअोवादी केन्द्रीय सदस्य काठमाडौ जिल्ला पार्टी अध्यक्ष हिमाल शर्मा ले जानकारी दिनुभयो शर्मा का अनुसार प्राविधिक कारण सदस्यता आबेदन दिन र नवीकरण गर्न बाकि रहेकाले आज दिउँसो १२ बजे सम्म समय पाएका छन । विशेष र प्रवास समितिले केही दिनभित्र भरिसक्ने छन । सबैले नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्दा पार्टी सदस्यता संख्या ९ लाख नाघ्ने उहालेबताउनु भयो । माअोवादी केन्द्रले पहिलो पटक अनलाइन प्रणालीमार्फत सदस्यता वितरण तथा नवीकरण गरेको हो ।