Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

वडा अधिवेशनको तयारीमा माओवादी केन्द्र

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ

राष्ट्रिय सम्मेलनपूर्व तल्ला तहका कमिटीमा आन्तरिक निर्वाचनमार्फत नेतृत्व चुन्ने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले यहाँका ८५ वटै वडामा शनिबार एकसाथ अधिवेशन गर्दैछ ।

अधिवेशनका लागि सङ्गठित सदस्यता वितरण, नवीकरण, निर्वाचन कमिटी निर्माणलगायत व्यवस्थापकीय तयारीका कामलाई तीव्रता दिइएको माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारी दिनुभयो ।

भरसक सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने र सहमति नबन्ने स्थितिमा मात्र मतदानबाट कमिटी निर्वाचित हुने उहाँको भनाइ छ । “टोल र सेल कमिटीको भेलाहरु यसअघि नै सम्पन्न भइसकेका छन्, अहिले वडा तहको अधिवेशनमा पार्टी केन्द्रित छ”, उहाँले भन्नुभयो, “सबै वडा र पालिकास्तरमा निर्वाचन कमिटी गठन भइसकेको छ ।”

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अवलम्बन गरिने संयोजक गैरेले बताउनुभयो । अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । यसअघि नेकपा विभाजनपछिको अवस्थामा गत साउनमा वडा कमिटी पुनर्गठन भएका थिए । ती कमिटी अहिले अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएका छन् ।

संयोजक गैरेका अनुसार जिल्लामा पार्टीका सङ्गठित सदस्यको सङ्ख्या आठ हजार ७०२ पुगेको छ । पार्टीको साधारण सदस्यता पछि वितरण गरिने जनाइएको छ । वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.