Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् जसमा तीन आत्मघाती हमलाकारीसहित छ जनाको ज्यान गएको थियो ।”म युगान्डामा भएको घृणित आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछु। म पीडितका परिवारप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु,” गुटेरेसले ट्वीटमा लेख्नुभएको छ । उहाँले थप टिप्पणी गर्दै “यी आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्तै न्यायको दायरामा ल्याउनु पर्ने” धारणा राख्नुभएको छ । युगान्डा प्रहरीले जनाएअनुसार मङ्गलबार बिहान एउटा प्रहरी चौकीको सुरक्षास्थल र सरकारी कार्यालयहरू भएको सडकमा भएका दुई विष्फोटमा पनि ३३ जना घाइते भएका छन् ।
युगान्डाले मध्य अफ्रिकामा इस्लामिक स्टेटसँग सम्बद्ध सहयोगी प्रजातान्त्रिक बलहरूलाई आक्रमणको दोष लगाएको छ।
—-

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.