Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

खोटाङका कांग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै

नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्

नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । अधिवेशनको नयाँ मिति तय भएपछि नेता तथा कार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् ।

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्रीदेखि तीनपटकसम्म पार्टीको जिल्ला सभापति बनेका तथा गाउँपालिका प्रमुखसमेतको दाबी रहने देखिएको छ । वर्तमान जिल्ला सभापति नरेशकुमार श्रेष्ठ र पूर्वसभापति विष्णुकुमार राईले समूह बनाएर सामाजिक सञ्जाल उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि तीन कार्यकाल सभापति हुनुभएका राईलाई सभापति तथा उपसभापतिमा क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुङ्गो लगाइएको छ । उपसभापतिको उम्मेदवार बन्नुभएका भट्टराईले यसअघिसम्म जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताउँदै आउनुभएको थियो ।

राईको समूहबाट सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समीर राईले उम्मेदवारी दिनुहुने बताइएको छ । जोशी, आचार्य र राईमध्ये एकजनाले सचिव पदमा दाबी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाइने र जिल्ला कार्यसमितिमा सङ्गठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको जनाइएको छ ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

पूर्वसभापति राईको समूहबाट सहसचिवको उम्मेदवारमा सार्जन राई र शालिकराम बञ्जारा रहनुभएको छ ।

तत्कालीन जिल्ला विकास समितिको पूर्वजिल्ला सभापतिसमेत रहनुभएका राईका नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसहमत टुङ्ग्याउने तयारी भइरहेको जनाइएको छ । यसैगरी जिल्ला पार्टी सभापतिको आकाङ्क्षीमा महासमिति सदस्य एवम् पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई देखिएका छन् ।

उहाँहरु आ–आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन कसरत गरिरहनुभएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखसमेत रहनुभएका भूपेन्द्रकुमारले पनि आफ्नो उम्मेदवारी सभापतिमा हुने सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।

उहाँले आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणासमेत गर्नुभएको जनाइएको छ । सातौँ जिल्ला अधिवेशन आगामी मङ्सिर ६ गते हुने जनाइएको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.