Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको छ । आज बिहान उहाँले मन्दिर पुनःनिर्माणको आरम्भ गर्नुभएको हो ।

तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भन्नुभयो, “स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ ।” मन्दिर गोर्खा भुकम्पले भत्काएको थियो । करिब ३८८ वर्ष पहिले पुनः निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “जीवन संस्कृतिसँग जोडिएको छ, पुनःनिर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।”

यो पनि पढनुस !!

कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उहाँले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।”पुनःनिर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उहाँले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन अपिल गर्नुभयो । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताउनुभयो ।

मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार मन्दिर पुनःनिर्माण गत भदौं ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा शुरु गरिएको बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.