Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ

चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भाषा स्रोत शिक्षकको एकवटा दरबन्दी सिर्जना गरिएको छ ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार उक्त भाषाको शिक्षकका लागि विद्यालय व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । उक्त शिक्षकलाई मासिक १३ हजार ५०० तलब सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ ।
नगरप्रमुख इवन राईका अनुसार विद्यालयको मागबमोजिम यस्तो दरबन्दी सिर्जना गरिएको हो । एघार वडा रहेको उक्त नगरपालिका–८स्थित धितुङका सात विद्यालयमा २०६५ सालदेखि चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ ।

धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म चाम्लिङ भाषामा पठनपाठन हुँदैआएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै विषय अध्ययन गरिरहेका छन् ।

यो पनि पढनुस !!

चाम्लिङ भाषाको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन गाविसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानीखर्च उपलब्ध गराइएको थियो । शिक्षकको सरुवा हुँदा सूर्यज्योति माविमा दुई÷तीन वर्ष उक्त विषयको पढाइ भएको थिएन ।

स्थानीय तह कार्यान्वयनमा आउन अगाडि उक्त भाषा शिक्षकका लागि एक आर्थिक वर्षसम्मका लागि तत्कालीन शिक्षक खम्बराज राईको पहलमा किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गठन गरी त रु एक लाख बजेट उपलब्ध गराइएकोे थियो । यो नै शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको सबैभन्दा ठूलो रकम थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.