Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन्

संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् ।

यो पनि पढनुस !!

विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

संयुक्त विद्यार्थी सङ्गठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेतालाई पनि दबाब दिने बताएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.