Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ

अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।

नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३०२ कलाकृतिहरु समावेश हुने आयोजकले जनाएको छ । कूल ५१ देशका ४८३ कलाकृति प्राप्त भएकामा २०३ वटा सिर्जना छनोट भएको कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिनुभयो ।

प्रदर्शनीअन्तर्गत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा रु एक लाख ५० हजार बराबरको नगद तथा ६० हजार मूल्य बराबरको कलासामग्री पुरस्कारस्वरुप दिइनेछ । पुरस्कार छनोट समितिले सार्वजनिक गरेको विवरणअनुसार चीन, म्यान्मा, थाइल्यान्ड, रसिया र नेपालका सात कलाकारका कलाकृति उत्कृष्ट छनोट हुँदै नगर पुरस्कार प्राप्त गर्न लागेको हो । अन्य ६ कलाकारका सिर्जनाले पुरस्कारस्वरुप कला सामग्री प्राप्त गर्ने जनाइएको छ ।

यो पनि पढनुस !!

पुरस्कार छनोट भएका सिर्जनामध्ये सर्वाेत्कृष्ट हुँदै ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्डबाट म्यान्माका थिन स्विकीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । चीनका कलाकार रोंग जू कावोलाई ३०० (रु ३६ हजार ), थाइल्यान्डका टोसापोरन, चान्टरासुकले २०० (रु २३ हजार ६००), रसियाका याकुवा भिक्टोरियाले १०० (रु ११ हजार ८००), म्यान्माका मियान्त नाइङ्गले ५० (रु छ हजार डलरको पुरस्कार प्राप्त गरेका गुरुङले जानकारी दिनुभयो । नेपालका दुई कलाकार डी बराल र विश्वराज पराजुलीले पनि क्रमशः २५० (रु २५ हजार ५००) तथा ५० डलर (छ हजार) को पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कारका लागि नेपाली र विदेशीसहित आठ कलाकार छनोट समितिमा रहनुभएको थियोे । पुरस्कार छनोट समितिमा भारतका अमित कपुर, अमेरिकाका स्टेला क्यानफिल्ड र एन्डी इभन्सन, नेपालका दिराम पाल्पाली र एनवी गुरुङ, चीनका हङ्ग स्याङ, सिङ्गापुरका ओङ किम सेङ र दक्षिण कोरियाका यू मी पाक सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.