Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

श्रममन्त्री स्वदेश फिर्ता, भ्रमण सफल र फलदायी रहेको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौँ श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताउनुभएको छ ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्कनुभएका उहाँले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेषरूपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिन तथा आइसोलेशन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताउनुभयो ।

युएईमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारलाई भेटेर नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई आउने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इञ्जीनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायतका विषयमा छलफल गर्नुभएको थियो ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.