Nepal Jana Khabar
हरेक जनताको खबर
१४ श्रावण २०८२, मंगलवार
ट्रेनडिंग

‘ब्लड क्यान्सर’पीडित बालकको उपचारार्थ रकम अभाव

वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्नुभएको छ

वरिष्ठ पत्रकार उजुर राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क निवासी छ वर्षीय ‘ब्लड क्यान्सर’पीडित पुरुषोत्तम कटुवाललाई रु १५ हजार सहयोग गर्नुभएको छ ।अर्थावस्था कमजोर रहेका ब्लड क्यान्सरपीडित कटुवालको पाँच महिनादेखि काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

बालकको उपचारमा आर्थिक समस्या भएको सामाजिक सञ्जालमा देखेपछि थोेरै भएपछि आर्थिक सहयोग गरेको पत्रकार राईले जानकारीदिनुभयो । सोही अवसरमा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं अनुशासन विभाग प्रमुख टङ्क राईले नगद रु तीन हजार प्रदान गर्नुभएको छ । बालकको उपचारमा अहिलेसम्म रु साढे चार लाख खर्च भइसकेको बुवा लेखबहादुर कटुवालले बताउनुभयो । “छोराको उपचारका लागि अस्पतालले रु २५ लाख मागेको छ”, उहाँले भन्नुभयो, “आफूसँग एक पैसा छैन । नाबालक छोराको ज्यान बचाइदिन सबैसँग हात जोडेर अनुरोध गरिरहेको छु ।”

गत साउनदेखि उपचाररत बालकको उपचारमा यसअघि लागेको खर्च पनि ऋण काढेर गरिएको पीडित परिवारले बताएका छन् । काठमाडौँमै कोठा भाडामा लिएर उपचार गराइरहेको बालकलाई दैनिक परीक्षणमा अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।

२९० गणक छानिए

यो पनि पढनुस !!

सरकारको नियमित खोप तालिका

गणनाका लागि जिल्लामा २९० गणक छानिएका छन् । आगामी कात्तिक २५ देखि ९ मङ्सिर मसान्तसम्म जनगणना सञ्चालन हुँदैछ । दश स्थानीय तह रहेको जिल्लामा खटिने गणक छनोटदेखि नियुक्तिको प्रक्रिया पूरा गरिएको जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताउनुभयो । “छनोट भएका गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको गरिएको छ”, उहाँले भन्नुभयो, “तालिम सकिएलगत्तै तोकिएको क्षेत्रमा पठाएर जनगणनाको काम सुरु गरिनेछ ।”

स्थानीय जनगणनाको कार्यालय कुभिन्डेअन्तर्गत खार्पा, स्थानीय जनगणनाको कार्यालय हलेसीअन्तर्गत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङबजारमा गणकका लागि तालिमको आयोजना गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गणनाअन्तर्गत करिब ४२ हजार घरपरिवार सूचीकरण भएको छ ।

गत ३० भदौदेखि १८ असोजसम्म जिल्लाका ती सबै स्थानीय तहमा कर्मचारी खटाएर घरपरिवार सूचीकरण गरिएको थियो । यस क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घरपरिवारको मुख्य गणना हुने जनगणना उहाँले जानकारी दिनुभयो । विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख छ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ थियो ।
–––

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.