Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन ।

प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

यो पनि पढनुस !!

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो । न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.