Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताउनुभएको छ

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग पु¥याउने जोड बताउनुभयो ।

हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भन्नुभयो, “हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।”

हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्टसिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उहाँले अब देशभरिका स्मार्टसिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गौरीगञ्ज सहर पहिलाको जस्तो होइन, आधुनिक गौरीगञ्जका रूपमा विकासित हुनेछ ।”

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्नुहँुदै उहाँले भन्नुभयो, “फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, रु एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।”

सोही कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको समग्र विकासका लागि ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । यसैगरी पूर्वप्रम ओलीले गौरीगञ्जस्थित रतुवाखोलामा निर्माण भएको पुलको समेत निरीक्षण गर्नुभएको थियो । एक दशकअघि पुल निर्माण भए पनि पुल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । पुल नियमितरूपमा सञ्चालन हुन नसक्दा दक्षिणी भेगका बासिन्दा पूर्वी मोरङसम्म आवतजावत गर्न सास्ती खेप्दै आएका छन् । (रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.