Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

खानेपानी अभाव

वर्षाका कारण आएको बाढीले पाइप बगाउदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ

वर्षाका कारण आएको बाढीले पाइप बगाउदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ । यही कात्तिकको पहिलो साता परेको पानीले खानेपानीको संरचनामा क्षति पु¥याएको थियो ।
दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको त्यहाँका बासिन्दाले बताए । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । सदरमुकामबाट झण्डै छ किलोमिटर टाढा रहेको माडखोलाको मुहानमा पहिरो जानाका साथै पाइपमा वर्षाले क्षति पु¥याएकाले खानेपानीको समस्या भएको स्थानीयवासी प्रकाश चन्दले बताउनुभयो ।

खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दासमेत कुनै सुनुवाइ भएको छैन । उहाँले भन्नुभयो,“सदरमुकाममा आउने पानी बन्द हुँदा टाढाबाट बोकेर ल्याउनुपर्छ, एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता छ। ”

खानेपानी अवरुद्ध हुँदा सदरमुकामका होटल व्यवसायीलाईसमेत समस्या भएको छ । व्यवसायी अम्बादत्त भट्टका अनुसार खानेपानी नै नहुँदा व्यापार व्यवसाय गर्न निकै सकस भएको छ । पानीको अभावमा शौचालय प्रयोग गर्न पनि समस्या भएको छ ।

बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले खानेपानी सञ्चालन गर्न अझै एक दुई दिन लाग्ने बताउनुभयो । मुहानमा ठूलो पहिरो गएको छ, ठाउँठाउँका पाइप भाच्चिएका छन् । उहाँले भन्नुभयो, “वर्षाले व्यापक क्षति पु¥याएको छ, हामी पुनः सञ्चालन गर्न लागिरहेका छौँ, एकदुई दिनमै हुन्छ होला ।”

यो पनि पढनुस !!

सेनाले वितरण गर्दै खानेपानी

यसैबीच सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाले वितरण गर्न थालेको छ । हनुमानध्वज गुल्मले सदरमुकामका सरकारी कार्यालय, सुरक्षा निकाय, सर्वासाधारणलाई खानेपानी विरण गरिरहेको हो ।
जर्गबाट ल्याइएको छट्टै रिजर्व ट्याङ्कीबाट पानी वितरण गर्न थालिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ गुल्मभित्र जर्गबाट ल्याइएको सानो रिजर्व ट्याङ्की थियो, सोही ट्याङ्कीबाट पाइप लगाएर वितरण गर्दैछौँ, सरकारी कार्यालयमा पाइपबाट पानी तानेर लगिएको छ, अन्य सर्वासाधारणका लागि मूलगेट अगाडि धारा जडान गरेका छौँ ।”

सेनाले खानेपानी वितरण गर्दा थोरै भए पनि सदरमुकाम क्षेत्रमा राहत भएको छ । “आपतविपद् पर्दा सेना सधैँ साथमा रहेको छ, हामीले हामीसँग भएको थोरै पानी पनि सबैलाई विरण गरिरहेका छौँ,सेना सधैँ जनताको साथमा छ”, सेनानी रानाले भन्नुभयो ।यहाँ गत असोज ३१ गते रातिदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाले चार जनाको मृत्यु हुनाका साथै करौडौँको धनमाल क्षति भएको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.